चितवनमा पनि मतगणना सुरु

भरतपुर, १४ मंसिर

चितवनका तीन वटा वडाहरुमा शनिबार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
आज ७५.९७ प्रतिशत मतदान भएपछि पूर्वी चितवनको खैरहनी र भरतपुरमा मतगणना भइरहेको छ । राति मध्यरातसम्म नतिजा निकाल्ने लक्ष्य छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १६ तथा खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन भएको हो ।

महानगरको वडा नम्बर १६ मा कूल आठ हजार ४ सय ८१ जना मतदाता रहेकोमा ६ हजार २ सय ५० जनाले मतदान गरे । खैरहनी नगरपालिकाको वडा नम्बर ४ मा दुई हजार १ सय ७२ जना मतदाता रहेकोमा २ हजार १ सय ७२ जनाले मतदान गरेका थिए ।

त्यस्तै खैरहनी नगरपालिका वडा नम्बर ५ मा दुइहजार १ सय ११ जना मतदाता रहेकोमा १ हजार ६ सय ७० जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट