गौतम बुद्ध क्रिकेट स्टडियममा खेल हुन थाल्यो

भरतपुर, १३ मंसिर
समय र परिस्थितिले साथ दिएमा चानचुन २ वर्षपछि भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुनेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल त्यसपछि होलान् नै । अहिले भने रंगशालाको आधारभूत काम गरिँदै छ । तर, एकातिर धमाधम अन्तर्राष्ट्रिय ग्राउण्डको काम भइरहेको बेला निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा अस्थायी क्रिकेट ग्राउण्ड तयार भएको छ ।

‘नमूना’ भनिएको क्रिकेट ग्राउण्डमा पहिलोपटक प्रतिस्पर्धात्मक क्रिकेट म्याचसमेत गरिएको छ । शुक्रबार रामपुर कृषि क्याम्पसका दुई समूहबीच खेल गरिएको हो । खेलमा सातौं ब्याचले छैटौं ब्याचमाथि ५ विकेटको जित निकाल्यो ।
“क्रिकेटको माहोल बनाउन नमूना मैदान बनाएका हौं”, रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने, “अब नियमित मैत्रीपूर्ण खेल गराइने छ ।” मैत्रीपूर्ण खेल गराउने र त्यसलाई पनि सहयोग संकलनको माध्यम बनाउने उनले सुनाए । “म्याचैपिच्छे ग्राउण्ड चार्ज राखिने छ”, उनले भने, “त्यसबाहेक खेल्ने पक्षले पनि स्वतःस्फूर्त सहयोग गर्न सक्ने छन् ।” शुक्रबार खेलिएको म्याचको क्रममा १३ हजार उठेको छ । सो खेल हेर्न २० रुपैयाँको टिकट पनि व्यवस्था गरिएको थियो । यसबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने फाउण्डेसनले जनाएको छ ।
शुक्रबार आयोजित खेलमा छैटौं ब्याचले टस जितेर ब्याटिङ रोजेको थियो । २० ओभरमा खेलमा छैटौं ब्याचले १ सय ४३ रनको स्कोर खडा ग¥यो, जसमा सन्तोष चन्दले ४६ बलमा विष्फोटक ८० रन बनाएका थिए । तर, उक्त स्कोर पर्याप्त भएन । सातौं ब्याचले १६.३ ओभरमा नै लक्ष्य भेटाएको थियो । टिमका लागि आकाशकुुमार साहले २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए ।
अन्तर्राष्ट्रिय मैदान बनाउन भने कट्टेल उत्तिकै प्रतिबद्धताका साथ लागेका छन् । “रातको दिन खटिइरहेका छौं”, उनले भने, “धेरैले सहयोग गरिरहनुभएको छ ।” फाउण्डेसन जनसहयोग जुटाएर ३ अर्ब रुपैयाँको लागतमा यो रंगशाला निर्माण गर्ने प्रयासमा छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट