उपनिर्वाचन निगरानी गर्न चितवनमा कांग्रेसकोे उपसमिति

भरतपुर, २८ कार्तिक
नेपाली कांग्रेसको केन्द्रीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले चितवनको उपनिर्वाचनमा निगरानी राख्न उपसमिति गठन गरेको छ । चितवनका पार्टी सचिव उत्तम जोशीको संयोजकत्वमा ३ सदस्यीय अनुगमन तथा निर्वाचन कार्यालय समन्वय उपसमिति गठन गरेको छ । सदस्यहरुमा डमोक्रोटिक अफ लयर्स एशोसियसन (डिएलए) चितवनका अध्यक्ष विष्णुप्रसाद अर्याल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल रहेका छन् ।


उपसमितिको बिहीबार बसेको बैठकले २ जना समितिमा थप गरेको छ । पार्टी प्रवक्ता निता ढकाल, जिल्ला सदस्य केशव महर्जन छन् । संयोजक जोशीले उपनिर्वाचनका शिलशिलामा हुने आचारसंहिता उल्लंघन, धाँदलीका सवालबारे उपसमितिले स्थलगत प्रतिवेदन तयार पार्ने बताए । उनले पार्टीले उठाएका उम्मेदवारको पक्षमा भएका काम, चुनावी प्रचारप्रसार, पार्टीको सक्रियता लगायतका विषयमा केन्द्रलाई प्रतिवेदन बुझाउने बताए । रमेश लेखक संयोजक रहेको केन्द्रीय समितिले उपसमिति गठन गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट