सौराहा युवा क्लब जिल्ला लीग च्याम्पियन

भरतपुर, २३ कात्तिक
सौराहा युवा क्लब चितवन जिल्ला लीग फूटबल च्याम्पियन बनेको छ । जिल्ला लीग फूटबलको शनिबार भएको फाइनल प्रतिस्पर्धामा रड्स फूटबल क्लब रामपुरलाई पराजित गर्दै उपाधि जितेको हो ।

नारायणगढको क्याम्पाचौरमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा रड्सलाई पराजित गर्न सौराहाले सडन डेथसम्म पुग्नु प¥यो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि गरिएको टाई–ब्रेकरमा दुवै टिमले ३–३ गोल गरे । त्यसपछि गरिएको सडन डेथमा सौराहाले बाजी मा¥यो ।

जितसँगै सौरहाले ५० हजार रुपैयाँ नगद पुरस्कार र विजयी ट्रफी पाएको छ । उपविजेता बनेको रड्सले ४० हजारसँगै उपविजेता ट्रफी उचाल्यो । प्रतियोगिताभर सर्वोत्कृष्ट फरवार्ड सौराहाका सुरेश कुमाल, सर्वोत्कृष्ट गोलकिपर सौराहाकै निश्चल महतो, सर्वोत्कृष्ट मिडफिल्डर रड्सका अश्विन पाख्रिन र सर्वोत्कृष्ट डिफेन्डर रड्सका अञ्जेश लामा घोषित भए । विजेता सबै टिम तथा खेलाडीलाई प्रमुख अतिथि अखिल नेपाल फूटबल संघ (एन्फा)का प्रथम उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फा सदस्य दावा लामा र आयोजक चितवन जिल्ला फूटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले पुरस्कार तथा ट्रफी वितरण गरे । लीग विजेता टोली अब केही समयमा हुने प्रदेश ३ स्तरीय लीग फूटबलमा सहभागी हुने छ ।

गत भदौ २५ गतेदेखि सुरु भएको जिल्ला लीग फूटबल प्रतियोगितामा जिल्लाभरका १२ वटा क्लब सहभागी थिए । तिनीहरुलाई दुई वटा टोली बनाएर राउण्ड रोबिन लीगका आधारमा खेलाई सेमीफाइनलका टोली छनोट गरिएको चितवन जिल्ला फूटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

समापन समारोहको अवसरमा शनिबार तीन जना व्यक्तित्वलाई सम्मान गरिएको छ । हालै एएफसी लेभल वान गोलकिपिङ कोर्ष पूरा गरेका पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरी, चितवन जिल्ला फूटबल संघका निवर्तमान अध्यक्ष राजेशराम श्रेष्ठ र क्याम्पाचौर संरक्षण समिति अध्यक्ष दीपक प्रधानलाई सम्मान गरिएको चितवन जिल्ला फूटबल संघ अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट