भरतपुर, २३ कात्तिक
सिभिल बैंक लिमिटेड नारायणगढ शाखाले वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम गरेको छ । शनिबार भरतपुर महानगरपालिकाको वडा नम्बर २, ३ र ७ मा घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

वित्तीय संस्थामार्फत आर्थिक कारोबार गर्न प्ररित गर्ने उद्देश्यले घरदैलो कार्यक्रम गरिएको बैंकका शाखा प्रमुख वुद्धी अधिकारीले बताए । बैंकले हरेक महिना विभिन्न स्थानमा पुगेर घरदैलो कार्यक्रम गर्दै आएको उनले बताए । घरदैलोमा दश जनाको टोली संलग्न थियो ।





