गुड फ्राइडे:गायनमा सक्रिय आयुष्मा–दिवसको जोडी

विप्लव काफ्ले

आयुष्मा केसी र दिवस गौतम गायन क्षेत्रमा सक्रिय जोडी हो । आयुष्मा र दिवस सांगितिक कार्यक्रमहरुमा प्रायसँगै देखा पर्छन् । सानामा गीत गाउन निकै हौसिने आयुष्माले परिवारको साथ पाइनन् । तर, विहेपछि गायन क्षेत्रमा निरन्तर लागेकी छन् । आयुष्मा ४ कक्षा पढ्नेबेलादेखि गायन प्रतियोगिता प्रथम हुन थालिन् ।

वादविवाद, हाजिरी जवाफ प्रतियोगितामा समेत प्रथम, द्वीतिय बन्थिन् । कक्षा ७ सम्म प्रथम भइन् । तर, ८ मा तृतिय बनिन्, ९ मा प्रथम । तर, पढाईलाई निरन्तरता दिन सकिनन् । बहिनि सरलालाई अप्रेशन गर्नुपरेपछि उनी स्कुल जान छाडिन् । बुबा रोजगारीका शिलशिलामा भएकाले घर रेखदेखको जिम्मा उनैको थियो । “सानोमा गीत गाउन खोज्थेँ”, उनी सम्झिन्छन्, “बुबाले गाउने होइन, पढ भन्नुहुन्थ्यो, तर रहर गाउने थियो ।” बालक्लबको नेतृत्व समेत गर्थिन् । स्कुल जान प्रेरित गर्न क्लब सक्रिय थियो । गीतानगरमा भएको सांगितिक कार्यक्रममा दिवससँग चिनजान भएपछि मायप्रेम बस्यो । बिहे गरिन् ।

दिवस गायन, वाद्यवादन, गीत रचनामा सक्रिय छन् । दिवस किवोर्ड, अक्टोप्याड, मादल, हार्मोनियम बजाउन सिपालु छन् । उनी लाइभ भजन गाउन बढी मन पराउँछन् । दिवससँगको सहकार्यपछि आयुष्मा दोहोरीमा जम्न थालिन् । उनले ७ वर्ष दोहोरी साँझमा काम गरीसकेकी छन् । दिवस धार्मिक कार्यक्रमहरुमा बढी सहभागि बन्छन् । भरतपुर–१३ गंगानगरका यो जोडी आजभोलि निकै व्यस्त छ । आयुष्माको ‘चरिले वेग’ तीज गीत, ‘मायाको नसा’ झ्याउेरे गीत छन् ।

तीज गीतमा पदम सापकोटा, झ्याउरे गीतमा दिवसले साथ दिएका छन् । दिवसले ‘मुन्द्रा लगाउने’ रोइला गीत, ‘बुढी हराई’ दोहोरी गीत निकालेका छन् । “एल्वम खासै निकाल्ने रहर छैन”, दिवसले भन्छन्, “स्रोताले नभुलुन् भनेर थोरै एल्वम निकाल्ने गरेका छौँ ।” यो जोडी एक हप्तापछि नयाँ गीत रेकर्डको तयारीमा छ । विरहका गीत ल्याउने उनीहरुको सोच छ । गायक पशुपति शर्मासँग मिलेर आगामी तीजमा आयुष्मा र जुना डिसीले एल्बम निकाल्ने तयारी छ । “लाइभ दोहोरी गाउँदा निकै आत्मसन्तुष्टी मिल्छ”, आयुष्माले भनिन्, “प्राय मेला महोत्सव छुट्दैनन्, छिमेकी जिल्लामा पनि जाने गरेका छौँ ।”

आयुष्मा नारायणगढको सुन्धारा डाँफे दोहोरी साँझमा गाउँछिन् । दैनिक एक दर्जन बढी दोहोरी गीत लाइभ गाउने गर्छिन् । दैनिक ४ घण्टा गाउने गर्छिन् । दिवसको दैनिकी पनि उस्तै छ । दोहोरीमा वाद्यवादक, गायकको भूमिका निर्वाह गर्छन् । आयुष्मा जुना डिसी, जिवी सुनारले गायनमा उत्प्रेरकको भूमिका खेलेको सम्झन्छिन् । “सुरुमा ट्रयाकमा गाउन निकै गारो हुन्थ्यो”, उनी भन्छिन्, “सुर, ताल, स्केलको ज्ञान उहाँहरुबाटै सिकेँ ।” दिवसको स्वर चर्चित गायक वद्री पंगेनीको जस्तै सुनिन्छ । इमेल लोक कलाकार, लोक स्टारको अडिसन राउण्डमा छनौट परेपनि उनी त्यसमाथिका श्रृङखलामा सहभागि भएनन् । “भोकल टेष्ट र अनुभव लिन अडिसनमा सहभागि बनेको थिएँ”, दिवस भन्छन्, “समय व्यवस्थापन गर्न नसेरै माथिका ‘राउण्ड’मा गइन, तर केही सिक्ने अवसर पाएँ ।” नारायणी किनारमा जारी नारायणी महोत्सवमा यो जोडी सहभागि हुदै आएको छ । धादिङ, मकवानपुर, दार्चुला, धनगढी, नवलपरासी, कैलाली, बाग्लुङका मेला, महोत्सवमा प्राय जाने गर्छन् ।

दिवस भागवत पुराण, सप्ताह, ज्ञानमहायज्ञमा बढी हिड्छन् । आयुष्मा नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान चितवनको सहकोषाध्यक्ष हुन् । “चितवमा लाइभ दोहोरी गाउने एक सय बढी कलाकार छन्”, आयुष्माले भनिन्, “प्रतिष्ठानले मेला महोत्सवमा नयाँ कलाकारलाई पनि अवसर दिलाएको छ, समन्वयको काम गरेको छ ।” चितवनमा ८ दोहोरी साँझ सक्रिय छन् । “स्थानीय मेला महोत्सवमा धेरै समय लाइभ गाउने काम स्थानीय कलाकारलेनै गर्छन्”, उनले भनिन्, “पारीश्रमिक दिदा आयोजकले विभेद गर्ने अवस्था छ, कलाको सम्मान गर्ने वातावरणको खाँचो छ ।” उनले प्रतिष्ठानले स्थानीय कलाकारलाई समान सेवा, सुविधाको पक्षमा वकालत गर्दै आइरहेको बताइन् । “चर्चामा आउन एल्बमनै चाहिन्छ भन्नु भ्रम हो”, दिवस भन्छन्, “लाइभ गीत गाएरै आत्मनिर्भर बन्ने अवस्था छ, तर अस्वस्थ प्रतिस्पर्धा हट्नु जरुरी छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट