चितवनमा उत्पादित माछा जिल्लालाई नै पुग्दैन

धु्रवराज खनाल
रत्ननगर, २१ कात्तिक
चितवन जिल्लालाई माछापालनका हिसाबले अब्बल जिल्लाको रुपमा लिइन्छ । व्यावसायिकरुपमा माछापालन गर्ने किसानको संख्या पनि उल्लेख्य छ । तर, चितवनमा उत्पादन हुने माछाले जिल्ला नै अपुग रहेको चितवन माछा उत्पादक संघले जनाएको छ ।


यहाँको उत्पादन स्थानीयस्तरमा खपत हुने गरेको संघका निवर्तमान अध्यक्ष रमेश पाण्डेले बताए । चितवनमा उत्पादन हुने माछाले मागको ९० प्रतिशत मात्र पूर्ति गर्न सकेको पाण्डेको भनाइ छ । यहाँका पुराना पोखरी मर्मत गर्न सके जिल्लाको मागलाई पूर्ति गरी बाहिर जिल्लासमेत निर्यात गर्न सकिने उनको दावी छ ।
अझै धेरै पुराना पोखरी मर्मत गर्नुपर्ने संघले जनाएको छ । पोखरी मर्मतका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका यहाँका किसानले बिजुलीमा सहुलियत हुनुपर्नेसमेत बताउँदै आएका छन् । माछापालनका लागि कृषिसरह छुट हुने व्यवस्था भएपनि पछिल्लो दुई वर्षयता उद्योगकै सरह महसुल तिर्नुपर्ने बाध्यता रहेको किसान राजु सिलवालले बताए । “किसानलाई प्रोत्साहन गर्नु पर्नेमा उद्योगको सरह महसुल लिन थालियो”, सिलवालले भने, “मासिक हजारौं रुपैयाँ बिजुलीमा खर्च हुन्छ, यसले किसानलाई निरुत्साहित बनाएको छ ।╞
नयाँ पोखरी खन्न अनुदान, पुरानो पोखरीको मर्मत, यान्त्रीकरण, बिजुलीमा छुट गर्न सके नेपाललाई आगामी ३ वर्षभित्र माछामा आत्मनिर्भर बनाउन सकिने किसानको दावी छ । ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा माछापालन प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँछन् । चालु आर्थिक वर्षमा नयाँ पोखरी खन्न र यान्त्रीकरणमा सरकारले बजेट विनियोजन गरेको मन्त्री लामाको भनाइ छ । नेपालको कूल क्षेत्रफलको करिब ५ प्रतिशत अर्थात ८ लाख २३ हजार हेक्टर जलासय रहेकोमध्ये २ प्रतिशत मात्र उपयोगमा छ ।
माछाले कूल ग्राहस्थ उत्पादनमा करिब १.३३ प्रतिशत तथा कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा ४.२९ प्रतिशत योगदान गरेको राष्ट्रिय तथ्यांक छ । नेपालमा कूल उत्पादन ८३ हजार ८९७ मेट्रिक टनमध्ये २१ हजार मेट्रिक टन प्राकृतिक जलासय र पोखरीबाट ६२ हजार ८ सय मेट्रिक टन रहेको छ । संख्यात्मक हिसाबमा माछापालन व्यवसायमा १ लाख ३४ हजार ७३३ जना आबद्ध छन् ।
माछापालनमा अग्रणी जिल्लाको रुपमा चिनिने चितवनमा माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गतवर्ष माडी र खैरहनीमा माछापोखरी विस्तार भएको मत्स्य व्यवसायी संघ चितवनले जनाएको छ । खैरहनीमा करिब २० हेक्टर वृद्धि भएपनि माडीको एकिन तथ्यांक संकलन नभएको संघका निवर्तमान अध्यक्ष पाण्डेले बताए ।
चितवनमा पोखरी संख्या २ हजार ३८६ रहेकामा २ हजार ६२१ मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । चितवनको खैरहनीमा मात्रै ५८३ विघामा माछापालन गरिएको छ । संघमा आबद्ध २ हजार ७३ जनामध्ये पूर्वी चितवनमा ७ सय ८३ जना छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट