नारायणगढ, १८ कात्तिक
नारायणगढस्थित पौडेल पेपर एण्ड कप उद्योगले आफ्नो उत्पादन बजारमा ल्याएको छ । तत्कालका लागि ‘पौडेल पेपर प्लेट’ ब्राण्डको प्लेटको उत्पादन गरेर बजारमा ल्याइएको सञ्चालक रञ्जिता निरौलाले जानकारी दिइन् ।

मझौला तथा ठूला प्लेट तथा मोःमो खाने टपरीको उत्पादन सुरु गरिएको उनले बताइन् । उनले उत्पादनहरु चितवन तथा नवलपुर र मकवानपुर क्षेत्रमा पु¥याउने लक्ष्य रहेको जानकारी दिइन् । निकट भविष्यमै पेपर कप पनि उत्पादन सुरु गर्ने उनले बताइन् ।





