भरतपुर, २ चैत्र
नारायणगढको लायन्सचोकमा रहेको सेन्टर फर एग्रीकल्चरल रिसर्च एण्ड एजुकेशन –केयर)ले विद्यार्थीहरुलाई सम्मान गरेको छ । केयरमा छ महिने कोर्ष अध्ययन गरेर विभिन्न विश्वविद्यालयका क्याम्पसहरुमा अध्ययनका लागि नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई शनिबार भरतपुरमा सम्मान गरिएको हो । केयरका सञ्चालक बद्रि अर्यालका अनुसार दुई सय ३० जना अध्ययन गरेका मध्ये एक सय ८० भन्दा बढी विद्यार्थीहरुले विभिन्न कलेजमा प्राविधिक शिक्षा अध्ययनका लागि नाम निकाल्न सफल भएका थिए ।

नाम निकाल्न सफल विद्यार्थी मध्ये मनिता बरालले केयरले आफूहरुलाई स्तरीय शिक्षा प्रदान गरेको बताइन् । कार्यक्रममा जनता बैंकका लक्ष्मण पौडेल, केयरका प्रकाश पन्थी, डाक्टर गृहमणि नेपाल, विष्णु पन्थ, अमित क्षेत्री, नेपाल पत्रकार महासंघ चितवनका सचिव तीर्थ नेपाललगायतले मन्तव्य राखेका थिए । केयरका सञ्चालक बद्रि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पोलिटेक्निक इन्स्टिच्युटका प्रबन्ध निर्देशक बाबुराम उपाध्याय प्रमुख अतिथि रहेका थिए ।




