जिप दुर्घटनामा डिआईजी सुशील भण्डारीको निधन

१० कात्तिक ।
काभ्रेमा आज दिउसो भएको जिप दुर्घटनामा नेपाल प्रहरीका डिआईजी सुशील भण्डारीको मृत्यु भएको छ।दुर्घटनामा घाइते डिआईजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत थिए।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, भागेटारमा बा३च २८७ नंम्बरको टोयटा जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेको हो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। नमोबुद्ध नगरपालिका १० बस्ने २५ वर्षीय जीवन पराजुली र सोही स्थानका ४४ वर्षीय विनोद कार्कीको घट्नास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा सशस्त्र प्रहरीका पूर्व डिएसपी बिनोद गौतम, सिताराम हुमागाईं र प्रदिप बोगटी गम्भीर घाइते बनेका छन्।

घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ। घटनास्थल धुलिखेलबाट ३० किलोमिटर उत्तरमा पर्छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट