रत्ननगर,१७ असोज ।चितवन केरा उत्पादक संघमा विवाद देखिएको छ । लेखा समिति संयोजक चयनमा कुरा नमिल्दा पदाधिकारीले राजीनामा दिएपछि विवाद सतहमा आएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष, महासचिव र एक सदस्यले राजीनामा दिएका छन् । लेखा समिति संयोजक चयनका विषयमा विवाद भएपछि वरिष्ठ उपाध्यक्ष शंकरबहादुर गिरी, महासचिव मेघनाथ भट्ट र कार्यसमिति सदस्य वेदबहादुर अधिकारीले पदबाट राजीनामा दिएका हुन् ।
तीनै जनाले अध्यक्ष घननाथ महतोलाई संयुक्त राजीनामापत्र बुझाएका छन् । कांग्रेस समर्थक अध्यक्ष महतोले आफूनिकटको व्यक्तिलाई लेखा समितिको संयोजक बनाएपछि चित्त नबुझेर पदबाट राजीनामा दिएको वरिष्ठ उपाध्यक्ष गिरीले बताए ।




