अवैध उत्खनन्मा संलग्न ७ ट्याक्टर समातिए

रत्ननगर,१७ असोज ।अवैधरुपमा गिटी र माटो निकासी गर्दैगर्दा एउटा एक्साभेटरसहित ७ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कयर खोलाबाट अवैधरुपमा गिटी निकासी गरिरहेको अवस्थामा मंगलबार बिहान ३ वटा ट्याक्टर र सिफारिसविना माटो निकासी गरिरहेको अवस्थामा ४ वटा ट्याक्टरसहित एउटा एक्साभेटर नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार कयरखोलाबाट ना. ५ त ३९९, ना. ६ त ५२५५ र ना. ३ त ३९५२ नम्वरको ट्याक्टर मंगलबार बिहान ४ बजे नियन्त्रणमा लिइएको हो । त्यस्तै दिपेश इँटा उद्योगले सिफारिसविना माटो निकासी गरिरहेको अवस्थामा ना. ५ त ५०६९, ना. २ त ८५९९, ना. ५ त ३५१८ र ना. ५ त ८९१९ नम्बरको ट्याक्टर र एउटा एक्साभेटर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विष्टले बताए । प्रहरीका अनुसार दिपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट सिफारिसविना माटो निकासी गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट