भरतपुर,१३ असोज ।बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एन. के मोर्टसले भरतपुरको हाकिमचोकमा शुक्रबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ । शोरुमको शुक्रबार सांसद घनश्याम दाहाल अविनाशले उद्घाटन गरेकाहुन् ।
शोरुमको उद्घाटन गर्दै सांसद दाहालले सेवाग्राहीको विश्वसनियता कायम राख्न सक्ने गरी काम गर्न आग्रह गरे । मध्यमवर्गले सबैभन्दा बढी प्रयोग गर्ने निजी सवारी साधना रुपमा चिनिएको मोटरसाइकलको उपभोगकर्ता वर्षेनी बढ्दै गर्दा एन.के मोर्टसले आफ्नो सेवालाई विश्वसनिय बनाउन जरुरी रहेको उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत , उद्योग वणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक प्रभु ढकाल, जिल्ला ट्राफिक प्रहरी प्रमुख वेद प्रसाल गौतम, उद्योगवणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, एचएच बजाजका नायव महाप्रवन्धक अभिषेक अग्रवाल, अनिल पाण्डे र अंकुर खनालको सहभागिता रहेको थियो । एचएच बजाजका नायव महाप्रवन्धक अभिषेक अग्रवालले नेपालको भुगोल सुहाउँदो मोटरसाइकल उत्पादन गर्न बजाज सफल भएको बताए ।
कच्ची सडक, पिच सडकमा भएका खाल्डाखुल्डी , अव्यवस्थित ट्राफिक जाम जस्ता चुनौतिको सामना गर्न सक्ने गरि बाइक डिजाइन भएको उनको दावी छ । प्रतिष्पर्धात्मक बजारमा बजाजका उत्पादन खरो उत्रिएको उनले बताए । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेताको रुपमा सेवा सुरु गरेको शोरुममा शेल्ससंगै स्पेयर पार्टस् र सर्भिसिंगको सेवा पनि उपलब्ध गराउने प्रोपाइटर निर्मल कंडेलले बताए ।





