नेपालमा क्यान्सर रोगको अवस्था र यसको नियन्त्रण

विश्वमा सन २००८ मा क्यान्सर रोग निदान भएका रोगीहरुको संख्या १ करोड २६ लाख अनुमान गरिएको थियो । सोहि वर्ष ७५ लाख ६० हजार मानिसहरुको यसै रोगको कारणले मृत्यू भएको थियो । क्यान्सर शरीरको जुनसुकै अंगमा लाग्ने भएता पनि बाहुल्यता भने क्रमशः फोक्सो, महिलाहरूको स्तन, ठूलो आन्द्रा÷मलद्धार ९ऋययिल च्भअतगm० र आमाशयको क्यान्सरको रहेको छ । नेपालमा भने महिलाहरूको पाठेघरको मुखको क्यान्सर, मुख, टाउको तथा घाँटी ९इचब,ि ज्भबम बलम ल्भअप० क्यान्सर अत्याधिक छ । क्यान्सरबाट प्रभावित हुने बिरामीहरुको संख्या विश्वमा औषत १ लाख जनसंख्यामा १८८ जना प्रतिवर्ष भन्दा धेरै रहेको छ ।
मानिसको बदलिदो जीवनशैली, जनसंख्या बृद्धि, औषत आयु बढनु आदि कारणले गर्दा क्यान्सर रोगको प्रकोप बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले सन २००८ मा नै क्यान्सर, मुटुरोग, स्वासप्रश्वास सम्बन्धी दीर्घ रोग र मधुमेह यी ४ रोगलाई २१ सौं सताव्दीका लागि मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतरा भन्ने किटान गरीसकेको छ ।
संसारमा मृत्यूको कारक रोग मध्ये १४ प्रतिसत क्यान्सर रहेको छ । यसमा सवभन्दा कम कम्तिमा ५ प्रतिसत अफ्रिकन देसमा र बढिमा २७ प्रतिसत बेलायतमा रहेको छ । तर संख्याको हिसावले संसारका क्यान्सर बिरामी मध्ये ४८ प्रतिसत बिरामी एसियामा बस्दछन ।


क्यान्सरको विश्वव्यापी समस्यालाई समाधान गर्न विश्व स्वास्थ्य संगठनले ३ वटा बाटो सुझाएको छ ती बाटोहरुमा तथ्यमा आधारित ९भ्खष्मभलअभ दबकभम० क्यान्सर हुनै नदिने रोकथामका उपाएहरु अपनाउने, समयमै क्यान्सर निदान गर्ने व्यबस्था मिलाउने र क्यान्सर भएका बिरामीको उचित उपचार गर्ने हुन । सन २०११ मा नै बिश्व स्वास्थ्य संगठनले २१ सौं सताव्दीको निम्न र मध्यम आय भएका देशहरुमा क्यान्सर संग जुझने कार्यलाई आप्mनो एजेण्डामा समाबेश गरिसकेकोे छ ।
नेपालमा पनि अन्य बिकासन्मुख देशको जस्तै धेरै स्वास्थ्य समस्याहरु र समाधानका लागि साधनस्रोतको कमी हुनु स्वभाबिक हो । बिगतमा नेपालको स्वास्थ्य क्षेत्रमा राम्रै उपलव्धी हासिल गरेपनि अझै धेरै समस्याहरु छन् । मातृ मृत्यूदर, बाल÷शिशु मृत्यूदर उच्च नै छ, पोषणको समस्या जटिल छ सामान्य झाडा पखाला, दादुरा जस्ता रोगको कारणले शिकिस्तहुने÷मर्ने मानिसहरुको संख्या ठूलै छ । उपरोक्त स्वास्थ्य समस्याको साथ साथै जीबनशैलीजन्य रोगहरु क्यान्सर, मुटुको रोगहरु, मधुमेह जस्ता रोगहरु दिनानुदिन बढदै छन ।
नेपालमा क्यान्सर रोग लाग्नेको अनुपात १ लाख जनसंख्यामा १०० देखि १२० जना प्रति वर्ष र करिव ५५ हजार क्यान्सरका रोगी रहेको अनुमान छ । नेपालमा निदान भएका क्यान्सरहरु मध्ये फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, मुख, टाउको तथा घाँटी ९इचब,ि ज्भबम बलम ल्भअप० क्यान्सर, आमाशयको क्यान्सर आदि प्रमुख छन् । यी क्यान्सरका रोगी मध्ये धेरै रोकथाम गर्न सकिने तथा समयमा पत्ता लागे वा लगाएर उपचारबाट निको गराउन सकिने खालका छन् ।
नेपालमा क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारका लागि केहि प्रयासहरु भएका छन तर यसले पयाप्त गति लिन सकेको छैन् । नेपाल सरकारले सरकारी स्तरमा यो कार्य गर्न ऐनबाट स्वसासित बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरेको दुई दशक हुनलागेको छ, मन्त्रालयमा पनि जीवनशैलीजन्य रोग ९ल्यल(अयmmगलष्अबदभि मष्कभबकभ० नियन्त्रण कार्यको गर्न पेन कार्यक्रम ९एबअपबनभ या भ्ककभलतष्ब िल्यल(अयmmगलष्अबदभि मष्कभबकभक) सुरु भएको छ । लामो प्रयास पछि सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन पारित भएता पनि पूर्णरुपमा कार्यान्वयन हुनसकेको छैन । केहि गैह्रसरकारी संस्थाहरू पनि यो काम गर्ने मनसायले स्थापना भएका छन् । अन्तर्राष्ट्रिय दात्री संस्थाहरुले पनि चासो देखाएका छन् । तर हाल सम्म भरपर्दो सबैलाई समेटने कार्यक्रम लागु हुन सकेको छैन् ।
यो रोग नियन्त्रणका लागि सबै साझेदार संस्थाहरुले सक्रियतापूर्वक काम गर्न जरुरी छ । जस मध्ये केहि कामहरु निम्न छन्ः
राष्ट्रिय स्तरमा क्यान्सर रोकथाम तथा नियन्त्रण नीति निर्माण तथा सो कार्यन्वयनको निमित्त सयन्त्र तयार गरिनु पर्दछ । साथै लक्ष र जिम्मेवार निकाय तोकी कार्य अगाडि बढाउन पर्दछ ।
स्वास्थ्य मन्त्रालयले यसकार्यको समन्वय गर्न बिभाग वा केन्द्रको स्थापना गरी प्रदेश र स्थानीय निकाय सम्म कार्यक्रम बनाई लागु गर्न सक्रिय गराउन पर्दछ, साथै आवश्यक नीति निर्माण गरी साधन स्रोत जुटाउन पहल गर्नु पर्दछ ।
बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफनो स्थापनाको उद्देश्य अनुरुप क्यान्सर रोकथाम तथा नियन्त्रणको पक्ष जोड दिन पर्दछ, अध्यापन, अनुसन्धानमा जोड दिन पर्दछ, स्रोत केन्द्रको रुपमा स्थापित हुन पर्दछ । स्तरीय क्यान्सर उपचार सेवा सरल र सुपथ किसिमबाट प्रदान गर्नु पर्दछ ।
गैरसरकारी संस्थाहरुले पनि राज्य कोषको आशा नगरी सकेको योगदान पु¥याउन पर्दछ ।
नेपालका आम स्वास्थ्यकर्मीले पनि क्यान्सरको बढदो समस्यालाई मनन गर्दै आफनो हरेक क्रियाकलापमा क्यान्सर नियन्त्रणको निमित्त सक्रिय भूमिका खेल्न पर्दछ ।
स्वास्थ्यकार कोष यसको स्थापना गर्दाको मनासय अनुरुप यसबाट उठने रकम क्यान्सर नियन्त्रणको कार्यमा मात्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
क्यान्सरको भरपर्दो तथ्याङ्क संकलनको निमित्त अस्पताल तथा समुदायमा क्यान्सर रजिष्ट्र कार्यक्रम ९ज्यकउष्तब िदबकभम बलम एयउगबितष्यल दबकभम अबलअभच चभनष्कतचथ० प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्दछ ।
फोक्सोको क्यान्सरको प्रमुख कारक तत्व तथा अन्य क्यान्सरको कारण सूर्तिजन्य पदार्थ नियन्त्रणको लागि बनेको ऐन अक्षरस पालना गराउनु पर्दछ ।
क्यान्सर रोकथाम तथा समयमै अस्पताल आउन प्रेरित गर्ने किसिमका क्यान्सरको बिबिध पक्षको प्रचार प्रशार अभियानको रुपमा गरिनु पर्दछ ।
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ख्क्ष्ब् र सो भन्दा माथिका स्वास्थ्य संस्थाहरुमा एबउ क्mभबच लिने र जाँच क्षमता बिकास गर्ने र नियमित सेवा दिने व्यवस्था मिलाउनु पर्दछ ।
स्तनको क्यान्सर नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरुमा द्यक्भ् र सो भन्दा माथिका स्वास्थ्य संस्थाहरुमा ँल्ब्ऋ गर्ने क्षमता बिकास गर्ने र नियमित सेवा दिने व्यवस्था मिलाउनु पर्दछ ।
मुखको क्यान्सर नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरुमा शंकास्पद दागहरु हेर्ने र नियमित सेवा दिने व्यवस्था मिलाउनु पर्दछ ।
खाद्य पदार्थहरुको उत्पादन र भण्डारनमा अध्याधिक विषादी प्रयोग हुने गरेको सन्दर्भमा सो नियन्त्रणको लागि कृषि मन्त्रालय तथा सोकारवाला निकाय संग सयुक्त कार्य गर्नु पर्दछ ।

निकट भविष्यमा ठूलो समस्याको रुपमा देखा पर्ने प्रक्षेपण गरिसकेको यस रोग नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम सञ्चालन यथासिघ्र सञ्चालन गरेमा मात्र यसबाट हुने ठूलो धन जनको क्षेतिबाट जोगाउन सकिन्छ ।

भोला शिवाकोटी
उप–प्रमुख जनस्वास्थ्य अधिकृत
बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल
भरतपुर, चितवन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट