चितवनबाट साफका लागि यु–१५ खेलाडी छानिदै

 

भरतपुर, ९ असोज ।
आगामी कात्तिकमा हुन लागेको साफ यु–१५ फुटबल च्याम्पियनसीपका लागि खेलाडी छनोट देशैभरिबाट गरिने भएको छ । कात्तिक ८ गतेबाट काठमाडौंमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला–जिल्लाबाट खेलाडी छान्न लागेको हो ।

यसैक्रममा चितवनबाट पनि खेलाडी छनोट गरिदैछ । आज दिउँसो क्याम्पाचौरमा खेलाडी छनोट गरिने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । बुधबार १० गते दिउँसो २ बजे हुने छनोट कार्यक्रमबाट ५ जना खेलाडी काठमाडौं पठाइने ढकालले जानकारी दिए ।

छनोटमा सहभागी हुन २००३ जनवरी १ पछि जन्मेका खेलाडी जन्मदर्तासहित सहभागी हुनुपर्ने हुन्छ ।जिल्लाबाट छानिएका ५ जना असोज १२ गते काठमाडौंमा टिम छनोटका लागि सहभागी हुनेछन् ।

 

………….

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट