खुर्पाले हानेर बालकको हत्या

मलेखु, धादिङ, १८ असार ः बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ ।

घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।

हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।(रासस)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट