माडी,१७ असार ।
चितवनको माडीमा श्रीमतीले पिर्का प्रहार गरेर श्रीमान्को हत्या गरेको अभियोग लागेको छ । माडी नगरपालिका–३, सिमराकी कुलमती चौधरीले ५५ वर्षीय गंगाराम चौधरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहारपछि गम्भीर घाइते भएका गंगारामको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । हत्या अभियोग लागेकी कुलमतीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रिफर गरिएको प्रहरी नायब निरीक्षक आचार्यले जानकारी दिए ।





