आज असार १५, धान दिवस मनाईँदै

१५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मुठी खाएर मुरी उब्जाउने महिनाका रुपमा नेपालभर यो दिवस मनाईँदै छ।

नेपाल कृषि प्रधान देश भएकाले यहाँका अधिकांश स्थानमा आजकै दिनबाट रोपाइँ सुरु गर्ने र दिनभरी काम गरेर खाजाका रुपमा दही चिउरा खाने प्रचलन छ। त्यसैले आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि परिचत छ।

वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन्। कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट