वडाभरका विद्यालयबीच हाजिरीजवाफ

भरतपुर, १२ असार ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २९ का विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच मंगलबार अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । वडाभित्रका १० वटा विद्यालयमा अध्ययनरत आधारभूत तह ५ कक्षासम्मका विद्यार्थी सहभागी प्रतियोगितामा कविलास मा.वि.का विद्यार्थी टोली पहिलो भएको छ । प्रतियोगिता वडा कार्यालय जुगेडीमा सञ्चालन गरिएको थियो ।


प्रतियोगितामा आधारभूत विद्यालय रातोमाटे दोस्रो र आधारभूति विद्यालय भार्लाङ तेस्रो भएको वडा कार्यालय भरतपुर–२९ का सचिव प्रद्युब्न खड्काले जानकारी दिए । पहिलो हुनेले २ हजार, दोस्रोले १५ सय र तेस्रो हुनेले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । साथै बाँकी सहभागी सबै विद्यर्थीले ५ सयका दरले पुरस्कार पाएका छन् ।

 


वडासचिव खड्काको अध्यक्षता तथा स्रोतव्यक्ति बोमप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न हाजिरिवाफ प्रतियोगितामा कविलास माविका प्रधानाध्यापक घनकान्त घिमिरे, स्थानीय समाजसेवी गणेश गुरुङ, वडास्तरीय बाल क्बलका अध्यक्ष प्रसिद्ध न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही क्रममा वडा कार्यालयले वडाभित्र रहेका १४ वटै सामुदायिक विद्यालयले विविध शैक्षिक तथा खेलकुद सामग्री पनि प्रदान गरेको छ । आगामी दिनमा वडास्तरीय बाल क्लबसँगको सहकार्यमा बालविकासका कार्यक्रम निरन्तर गर्ने सचिव खड्काले बताए ।


स्रोतव्यक्ति अर्यालले हरेक विद्यालयले विद्यालयस्तरमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर विद्यार्थीलाई सक्रिय गराउनुपर्ने बताए । उनले हाजिरीजवाफले विद्यार्थीको खास क्षमता मूल्यांकन गर्न सजिलो भएको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट