इरानले पाेरचुगललाई बराबरीमा राेक्याे

 

भरतपुर, १२ असार ।

इरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।

पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरे पछि खेल बराबरीमा सकिएको छ।

फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तिम खेलको ५३औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने मौका गुमाएका थिए।

यसअघि पोर्चुगलले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।

मोर्डोभिया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो। पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट इरानले बराबरी गोल गरेको हो।

योसँगै पोर्चुगल ५ अंकसहित दोस्रो चरणमा प्रवेश गरेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट