अर्किड स्कूलकी प्रकृति जिल्ला प्रथम

भरतपुर, १० असार  ।

भरतपुर-१०, हाकिमचोक अवस्थित अर्किड स्कूलकी छात्रा प्रकृति सापकोटा ३.९५ जिपिए सहित एस इ इ परीक्षा २०७४ मा चितवन जिल्ला प्रथम हुन सफल भएकी छिन् । नर्सरीदेखि नै कहिल्यै द्वितीय नभएकी प्रकृति सुशील र बहुप्रतिभाशाली विद्यार्थी हुन्। अर्किड स्कूलका सह-प्राचार्य ओमराज मैनालीको अनुसार पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि सधैं प्रथम हुने गरेकी प्रकृति मेधावी विद्यार्थी हुन् । सधैं समय तालिका अनुसार अध्ययनमा रमाउने प्रकृति नृत्य, नाट्य, हाजिरीजवाफ, चित्रकला, हस्तलेखनमा पनि आफ्नो अब्बल प्रस्तुति प्रदर्शन गरिसकेकी छिन्।
४.० जिपिए सहितको नतिजा अपेक्षा गरिएकोमा अनिवार्य गणित बाहेक सबै विषयमा ४.०० ग्रेड प्वाइन्ट प्राप्त गरेकी छिन्। भविष्यमा सफल चिकित्सक बनी दीनदु:खीको सेवा गर्ने इच्छा व्यक्त गर्छिन् – प्रकृति सापकोटा ।
एस इ इ परीक्षामा सम्मिलित ६८ परीक्षार्थी मध्ये १५ जना ‘ए प्लस’ १८ जना ‘ए’, २९ जना ‘बी प्लस’ र ६ जना ‘बी’ ग्रेडसहित सम्पूर्ण विद्यार्थीहरूले सफलता हासिल गरेका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट