जेठ ९– सरकारले बाणिज्य मन्त्रालय अन्तर्गत मिडिया तथा प्रवद्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रवद्धन केन्द्रमा राणा र राष्ट्रिय समाचार समितिको महाप्रवन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै आजको मन्त्रिपरिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चिनियाँ कम्पनीलाई अनुमति दिने सम्झौता गर्न अर्थमन्त्रालयलाई अनुमति दिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।