९ जेठ, ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै राजिनामा दिने भएका छन् । उनले अहिले केही बेरमा बस्ने संसद बैठकमा राजिनामाको घोषणा गर्न लागेका हुन् ।
राजिनामा दिनुअघि सबै मन्त्रीहरुले प्रधानमन्त्रीसँग सामूहिक तस्बिर खिचेका छन् । यसअघिको परम्परा अनुसार राजिनामा दिनुअघि प्रधानमन्त्रीसँग सामूहिक तस्बिर खिचाउने चलन छ ।
प्रधानमन्त्री राजिनामाको तयारी रहेपनि नेकपा एमालेका सांसदहरुले अवरोध गरेमा भने राजिनामा प्रभाविन हुन सक्ने देखिएको छ । एमालेले राजिनामा रोक्नका लागि पनि संसद बैठकमा अवरोध गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसका केही नेता र एमालेले अहिले प्रधानमन्त्रीले राजिनामा दिन नहुने र प्रचण्ड नेतृत्वकै सरकारले दोस्रो चरणको निर्वाचन गराउनु पर्ने बताउँदै आएका छन् ।