भरतपुर, २८ जेठ ।
बढ्दो गर्मीका कारण भरतपुरका निजी तथा आवासीय विद्यालय बन्द गरिएका छन् । भरतपुर इङ्लीस स्कूल सोसाइटी(बेस) अन्तर्गतका विद्यालय बन्द गरिएका हुन् ।
पछिल्लो समय दिउँसोको तापक्रम अत्यधिक बढेको कारण पठनपाठनमा समस्या भएको भन्दै मंगलबारबाट आगामी शुक्रबारसम्म ४ दिनका लागि विद्यालय बन्द गरिएको बेसका अध्यक्ष तथा वाल्मीकि शिक्षा सदन भरतपुरका प्रिन्सिपल लक्ष्मीकान्त चालिसेले जानकारी दिए । बेसअन्तर्गत भरतपुरका ४३ वटा निजी विद्यालय आबद्ध छन् । यी विद्यालयमा करिब २१ हजार विद्यार्थी अध्ययनरत छन् ।
पछिल्लो समय यहाँको तापक्रम निक्कै बढेको छ । करिब ४१ डिग्रीसम्मको तापक्रम महसुस गरिएको छ । मध्य दिनमा बाहिर निस्कनै गाह्रो पर्ने गरी रापिलो घाम लागिरहेको छ । जसले गर्दा विद्यालयको पठनपाठन बन्द गरिएको बेसले जनाएको छ । सामान्य अवस्थाको विदाबाट कट्टा हुने गरी अहिले विदा गरिएको बेसका कार्यालय सचिव सन्तोष ढकालले जानकारी दिए ।
गर्मी खप्न नसकेपछि भरतपुरका बोर्डिङ ४ दिन बन्द
गर्मी खप्न नसकेपछि भरतपुरका बोर्डिङ ४ दिन बन्द
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस