जेष्ठ ५ गते । चितवनको खैरहनी नगरपालिकाको सुर्तनामा एभिएनफ्लुन्जाको टाईप एको एचफाईभ एनवान (वर्ड फ्लु ) देखिएको छ ।
खैरहनी ९ सुर्तनीका राजन चौधरीको कुखुरा फर्ममा रहेको लेयर्स कुखुरामा एचफाईभ एनवान (वर्ड फ्लु ) लागेको पुष्टी भएको हो । गत वैशाख तेश्रो साता उनीहरुको खोरमा कुखुरा भकाभक मर्न थालेपछि परिक्षणका लागि भरतपुर लगिएको थियो । राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाखा भरतपुरले
केन्द्रीय प्रयोगशालामा परिक्षणका लागि पठाएको थियो । केन्द्रिय पशु रोग अन्वेषण प्रयोगशालामा कुखुराको परिक्षण गर्दा एभिएनफ्लुन्जा एचफाईभ रहेको पुष्टी भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाखा भरतपुरका प्रमुख डाक्टर दयाराम चापागाँईले जानकारी दिए ।
भरतपुरले गत वैशाख २० गते काठमाडौ पठाएकोमा ३१ गते वर्डफ्लु रहेको पुष्टी भएको थियो । उनीहरुले पालेका कुखुराको नमुना चितवनमा जाँच गरेर काठमाडौ पठाऔ भरतपुर प्रयोगशालाका प्रमुख चापागाँईले भने – केन्द्रले ३१ गते एभिइन्फ्लुन्जा फाईभ पोजेटिभ रहेको रिपोर्ट आयो । राजन चौधरीले १ हजार ५ सय व्रोईलर कुखुरा पालेका थिए । राजन चौधरीको खोर संगै जोडिएको लक्ष्मण चौधरीको खोरका कुखुरा पनि धमाधम मर्न थालेपछि परिक्षणका लागी नमुना पठाइएको छ । त्यसको रिपोर्ट भने आएको छैन् । राजन चौधरीको फर्ममा वर्डफ्लु रहेको पुष्टी भएपछि शुक्रवार र्यापिट रेस्पोन्स टिमले चौधरीको फार्म वरिपरिका हाँस र लोकल कुखुरा मारेर गाडेको छ । सो टिम पुग्दा भने चौधरीको फर्ममा एउटा पनि कुखुरा थिएन् । केन्द्रको निर्देशन अनुसार सो टिम फार्म वरिपरिको पंक्षी मार्न गएको थियो । १२ पशुंक्षीका डाक्टरसहितको टोलीले करिव ६ सय वटा हास र कुखुरा मारेर गाडेको हो । बर्डफ्लु पुष्टि भएपछि खैरहनी ९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । यसैबीच खैरहनी नगरपालिकाले नगर भित्र वर्ड फ्लु देखिएपछि सजगता अपाउन किसान तथा उपभोक्ताहरुलाई आग्रह गरेको छ । रोग देखिएको फर्मको
सरसफाई गर्न र उपभोगमा ध्यान दिन खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले आग्रह गरेका हुन् । करिव ५,६ वर्ष अघि चितवनमा वर्डफ्लुले माहामारिको रुप लिएको थियो । चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ ।
यहाँको उत्पादनले मुलुकमा ६० प्रतिशत कुखुरा खपत हुदै आएको छ । पोल्ट्रीमा अर्वौको लगानी समेत छ ।
फोटो : बिकास पौडेल