९ जेठ । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा विजयी भएकी एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिइन् ।
मतदातालाई धन्यवाद दिने क्रममा उनले प्रमु येशूले आफुलाई जिताएको समेत बताइन् । उनले भनिन्, ‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’
पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी प्रकट गर्दै भनिन,‘पहिलो तलव सबै दशांसस्वरुप मण्डलीमा दिनेछु’