१०, बैशाख २०७५, चितवन।
राप्ती नगरपालिका वडा न. ६ ले आजबाट एक हप्ते उदघोषण,ब्यक्तित्व विकास एवम् दुर्व्यसनी न्यूनीकरण तालिम शुरु गरेको छ।
४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो कार्यक्रमको उदघाटन समारोहमा कार्यक्रम संयोजक ममिता केसी सभाध्यक्ष तथा राप्ती नगरपालिका वडा न. ६ का वडा अध्यक्ष जल्लु महत्तो थारु प्रमुख अतिथी रहनु भएको थियो। बसन्ती चौधरीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको सो तालिमको प्रशिक्षकहरुमा कालिका एफएमका रेडियोकर्मीद्वय मनोज पन्त र करिश्मा थापा रहनु भएको छ। सो कार्यक्रममा कार्य पालिका सदस्य पुष्पा कुवरले तालिमको उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो भने ,वडा सदस्यहरु गुनु बिक,राजकुमार तामाङ त्यसै गरि शान्ति उप्रेतीको उपस्थिति रहेको थियाे । कार्यक्रम जेनी चौधरीले संचालन गर्नु भएको थियो।