७ बैशाख ।
नेपाल बिद्यार्थी संघको ४९ औं स्थापना दिवसको उपलक्ष्यमा आज शनिबार भरतपुर ४ लंकूमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघ वडा नं ४ सयुक्तको आयोजनामा लक्ष्मी मा.बि लंकू, धर्मचोक सेरोफेरोमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । सुन्दर हराभरा वडा नं ४ बनाउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले “काग्रेसको उर्वरी भुमि चितवनको लंकू क्षेत्रको आफ्नो फरक पहिचान छ ” भन्दै अब यसलाई हरियाली सरसफाईको नमुना क्षेत्र बनाउन नेबि संघलाई आग्रह गरे । पाटी जिल्ला सभापतिको उपस्थितीमा नेबिसंघ वडा नं ४ का बिद्यार्थीहरुले ठाँउ ठाँउमा डष्टविन बितरण गर्ने एवं बिभिन्न जनचेतना मुलक कार्यक्रम नियमित गरिरहने प्रतिवद्धता ब्यक्त गरेका थिए । आजै बिभिन्न स्थानमा ६० वटा डष्टविन बितरण गरिएको छ । कार्यक्रम नेबिसंघ वडा नं ४ सयुक्तका वडा अध्यक्ष प्रकास थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा क्षेत्र नं ३ का सह सचिब करुणकान्त पोखरेल, बुथ सभापति रेशमलाल कंडेल, काग्रेस नेता डा. केशबभक्त सापकोटा तरुण दल चितवनका सचिब प्रह्लाद उप्रती, बिद्यार्थी नेता परमेश्वर खनाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।