भरतपुर, ४ वैशाख ।
बसन्तपुरमा जारी माडी मेयरकप अन्र्तगत मंगलबारका दुबै खेलमा स्टार स्पोर्टस क्लब बरुवाले जितेको छ । पहिलो खेलमा स्टार स्पोर्टस क्लब बरुवा बी ले कल्याणपुर फुटबल क्लबलाई एक शून्यले जितेको छ । पहिलो हाफमा दुवै पक्षबाट कुनै गोल हुन सकेन । दोस्रो हाफको १८ औं मिनेटमा विशाल गुरुङको एक गोलनै निर्णयक गोल बन्न पुग्यो ।
यस्तै दोस्रो खेलमा स्टार स्पोर्टस क्लब ए ले धुर्वतारा युवा क्लब रामराज्यपुरलाई दुइ शून्य गोलले जितेको छ । पहिलो हाफमा कुनै गोल हुन सकेन । स्टार स्पोर्टसका तर्फबाट मनोज गुरुङले १० औं मिनेटमा र प्रीतम थापाले १७ औं मिनेटमा गोल गरेर जिताएका थिए । खेलमा स्टार स्पोर्टस क्लबका क्याप्टेन धुव्र्र भुषाल र प्रीतम थापा खेलको म्यान अफदि म्याच बनेको खेल संयोजक नविन बस्यालले जानकारी दिए ।
बुधबार पनि दुइ खेल हुनेछन् । दिउसो १ बजे हुने पहिलो खेलमा दियो क्लब राधापुर र स्टार स्पोर्टस क्लब बी बीच हुनेछ । यस्तै दोस्रो खेल आयोजक बसन्तपुर यूनाइटेड क्लब बी र डायमण्ड यूवाक्लब नयाँ पर्साबीच हुनेछ । प्रतियोगितामा २० क्लब सहभागि छन् । माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा भएको हो ।