भरतपुर, १ गते वैशाख ।
माडी बसन्तपुरमा जारी मेयर कप नअकाउट फुटबल प्रतियोगितामा शनिबार बाँदरझुला र रामराज्यपुरको फुटबल क्लबले खेल जितेका छन् । सनस्टार फुटबल क्लब जीवनपुरलाई ताम्सालिङ फुटबल क्लब बाँदरझुलाले टाइबेकरमा जितेको हो । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरमा तीनका विरुद्ध ४ गोल अन्तरले जितेको हो ।
यस्तै दोस्रो खेलमा धुर्बतारा क्लब रामराज्यपुरले बर्डस नेपाल ए बघौडालाई सडन डेथमा जितेको हो । बाँदरझुलाका अजय विक र रामराज्यपुरका अनिस श्रेष्ठ खेलको म्यानअफदि म्याच बनेका छन् । आइतबारको पहिलो खेलमा गौरी शंकर गौरीनगर र बर्डस नेपाल वघैडाबीच दिउसो १ बजे हुनेछ । यस्तै दोस्रो खेलमा चैनपुर फुटबल क्लब र स्याउलीबास फुटबल क्लबबीच खेल हुने खेल संयोजक नविन बस्यालले जानकारी दिए । माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा सुरु भएको हो । प्रतियोगितामा २० वटा क्लबको सहभागिता रहेको छ । विजेता टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल र ट्रफि पाउनेछन् । द्वितिय पुरस्कार ३५ हजार रुपैयाँ, सेमिफाइन टिमबाट बाहिरिने दुवै टिमलाई १०÷१० हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल दिइने बताए ।
माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस