भरतपुर, १ वैशाख ।
गायक राजन तिमिल्सिनाले पिरतीको महसुस गराउन नयाँ गीत सार्वजनिक गरेका छन् । रोमान्टिक गीत ‘खाली खाली’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजनको साथमा वीपिका बस्नेतको स्वर रहेको छ । बस्नेतको यो पहिलो गीत हो । यो गीतमा राजनको आफ्नै संगीत छ ।
गीतलाई यमन सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा एक जलपरीसँग युवकको प्रेम रहेको देखाइएको छ । मिलन शंकर र कृपा राजभण्डारीको अभिनय छ । यसै गीतबाट मोडल राजभण्डारीले अभिनयमा डेब्यू गरेकी हुन् । गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका छन् । शिलन लम्शाल भिडियोका सम्पादक हुन् ।
पिरतीमा डुबाउन आए राजन
पिरतीमा डुबाउन आए राजन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस