९ जेठ । व्यवस्थापिका संसद्को बैठक मंगलबार बस्दैछ । सोमबारबाट सुरु भएको तेस्रो अधिवेशन (बजेट)को मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७४/०७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको छ ।
यस विषयमा सोमबार बसेको बैठकमै जानकारी गराइएको हो ।उक्त छलफल आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ ।
सरकारले भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने तयारी गरेको छ ।राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसद्सामु प्रस्तुत गर्नेछिन् ।