भरतपुर, ३० चैत ।
माडीमा शुक्रबारदेखि प्रथम मेयर कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा सुरु भएको उद्घाटन खेलमा साहारा फुटबल क्लब ब्रहमपुरीले जितेको छ । डायानामिक क्लब दिवानगरलाई दुइ शून्य गोल अन्तरले साहाराले जितेको हो । पहिलो हाफमा सुधांसु चौधरी र सनिल गुरुङले एक एक गोल गरेका थिए । दोस्रो हाफमा डायानामिक क्लबले निकै प्रयास गरेपनि कुनैपनि गोल गर्न सकेन । प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीमा खेलकुद गतिविधि विकासका लागि प्रतिवद्ध रहेको बताए । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका प्रचण्डको माडी चुनावी क्षेत्रपनि हो ।
खेलको म्यान अफदिम्याच सुधांसु चौधरीलाई चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले ट्रफि हस्तान्तरण गरे ।
प्रतियोगितामा २० वटा क्लबको सहभागिता रहेको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको १२ गते फाइनल खेल हुनेछ । शनिबार दुइ खेल हुनेछन् । दिउसो १ बजे ताम्सालिङ फुटबल क्लब बाँदरझुला र सनस्टार फुटबल क्लब जीवनपुरबीच हुनेछ । यस्तै दोस्रो खेल बर्डस नेपाल ए बघौडा र ध्रुवतारा युवा क्लब रामराज्यपुरबीच हुने खेल संयोजक नविन बस्यालले जानकारी दिए । खेल बसन्तपुर स्थित खेलमैदानमा हुनेछन् । विजेता टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल र ट्रफि पाउनेछन् । द्वितिय पुरस्कार ३५ हजार रुपैयाँ, सेमिफाइन टिमबाट बाहिरिने दुवै टिमलाई १०÷१० हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल दिइने बताए । यस्तै खेलको म्यान अफदि म्याचलाई १० हजार रुपैयाँ, बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिलफिल्ड, बेष्ट फरवार्डलाई प्रत्येकलाई २ हजार ५ सय रुपैयाँ, सर्वा्धिक गोलकर्तालाइ ४ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ दिइने छ । यस्तै अनुशासित टिम, बेष्ट टिम म्यानेजर, नवप्रतिभाशाली खेलाडी प्रत्येकलाई १ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र दिइने छ ।
माडीमा प्रथम मेयर कप सुरु, प्रचण्डद्वारा उद्घाटन
माडीमा प्रथम मेयर कप सुरु, प्रचण्डद्वारा उद्घाटन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस