चितवन, २८ चैत
भरतपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको गुञ्जानगर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव अन्तर्गत बुधबार विविध कार्यक्रम गरेको छ । विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पुरस्कार, विभिन्न शिक्षक तथा कर्मचारीलाई पुरस्कार, चन्दादाताहरुलाई सम्मानलगायत विविध कार्यक्रम गरिएको थियो । विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको विद्यालयले ५७ वर्षपछि अहिले स्वर्ण महोत्सव मनाउँदैछ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा निर्माण गरिएको स्वर्ण स्तम्भ, स्वर्ण द्वार, स्वर्ण मञ्चलगायतका भौतिक संरचनाहरुको बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनावरण गर्दैछन् ।
बुधबार भएको कार्यक्रममा प्रदेश सांसद बलराम पौडेलले सामुदायीक विद्यालयमा विद्यार्थीहरुको आर्कषण कम भएको बताए । प्राविधिक शिक्षा लगायत गुणस्तरीय शिक्षामा जोड दिन सके सामुदायीक विद्यालयमा विद्याथीैहरुको चाप बढ्न सक्ने धारणा राखे । वडा नम्बर १८ का अध्यक्ष दिपक लामाले पश्चिम चितवनको गरिमाको रुपमा रहेको गुन्जनगर मावी देशकै नमुना बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पूर्व जलस्रोत राज्य मन्त्री नारायण शर्मा, चन्दाता वीरबहादुर श्रेष्ठ, प्रधानाध्यापक सूर्यभक्त वाग्ले, विद्यार्थी मनिस घिमिरे, पूर्व शिक्षक ऋषिराम घिमिरे, पूर्व विद्यार्थी वीरेन्द्र पौडेल, नेपाली काँग्रेसका प्रतिनिधि शालिग्राम पौडेल, माओवादी केन्द्रका पिताम्बर पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष जीतबहादुर तामाङ, पूर्व प्रधानाध्यापक राधाकृष्ण घिमिरे, महिला अभिभावककोे तर्फबाट माया पोखरेललगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि सत्कार तथा स्वागत उपसमितिका संयोजक जन्मजय ढकालले स्वागत मन्तव्य राखेका थिए ।
गुञ्जनगर माविको स्वर्ण महोत्सव सुरु
गुञ्जनगर माविको स्वर्ण महोत्सव सुरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस