भरतपुर, २० चैत ।
भरतपुर–८ गौरिगञ्जमा मंगलबार देखि वह्मतारक श्रीराम महायज्ञ एंव महायोग साधना, दिक्षा मन्त्र कार्यक्रम सुरु भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान चितवन शाखाले आयोजनामा गरेको सो कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ ।
लक्ष्मीनारायण मन्दिर परिसरमा जारी कार्यक्रममा मंगलबार महायोगी सिद्धबाबा श्री वैष्णव डा.कृष्णदासजी महाराजले प्रवचन दिएका थिए । उनी लक्ष्मीनारायण मन्दिरका संरक्षक समेत हुन् । डा. कृष्णदासजीले महायोगलाई दैनिकिका रुपमा अवलम्वन गर्न सुझाए । कार्यक्रममा भारत चित्रकुटका श्रीरामनामक विशिष्टपालक श्रीरामदासजीको सहभागिता रहेको थियो । महाराजमहायोगका साधकलाई महायोग साधनाबारे विविध चरणको महत्वबारे प्रतिष्ठानका उपाध्यक्ष गोविन्दरामदासजीले जानकारी गराएका थिए । उनले महायोगलले शरिरलाई स्वस्थ रहन सघाउने बताए ।
शाखा चितवनका अध्यक्ष भरत प्रसाद दवाडीले बुधबार साधकहरुलाई शरणगती मन्त्र, दिक्षा दिने कार्यक्रम रहेको बताए । उनले मन्दिरका जग्गादाता, भवन निर्माण तथा साधना हल निर्माणमा सहयोग पु¥याउने लगायतलाई सम्मानको कार्यक्रम रहेको बताए । सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान केन्द्रले बह्मतारक श्रीराम महायज्ञ यस अघि सुनसरी ,काठमाडौ, पोखरालगायतका स्थानमा कार्यक्रम गरिसकेको छ ।