भरतपुर, १५ चैत ।
चितवनमा पाँचौ अष्टधातु शिव मूर्ति निर्माण बिराट ज्ञान महायज्ञ हुने भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनल स्थित सहकारी विकास बोर्डको प्राङगणमा चैत्र २२ देखि ३० गते सम्म महायज्ञ सञ्चालन हुने आयोजक देवघाट धाम सम्रक्षण प्रतिष्ठानले बिहिबार भरतपुरमा पत्रकार सम्बेलन गरि जानकारी दिएको छ ।
धार्मिक विकासका निम्ति संग्राहलय हरियाली पार्क र अस्टधातु मिश्रित ३० फिट अग्लो भगवान शंकरको मूर्ति निर्माणका लागि महायज्ञ सञ्चालन हुन लागेको देवघाट धाम संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले बताए । धर्म सस्कृतिको रक्षा र प्रर्यटन प्रवद्र्दन गर्न कार्यक्रम फलदायी हुने अधिकारीको दावी छ । शिवमुर्ति सहितको दिब्यधामको निर्माणको लागि करिब ५ करोड लागत अनुमान गरिएको छ । साथै करिब सय क्विन्टल अष्टधातु आवश्यक पर्ने अधिकारी बताउँछन । यहि कार्यका लागि ४ पटक यज्ञ गरि सकिएको छ । विभिन्न बोलवमको अबसर पारेर देवघाट धाममा २ पटक र रत्ननगर नगरपालिका वडा न १ स्थित भक्तिनी बगैचा र सौराहामा यज्ञ गरिएको हो । जसबाट अहिले सम्म ३३ लाख ३२ हजार रुपैया सहित ३८ क्विन्टल अस्टधातु संकलन भइसकेको छ ।
महायज्ञ मुल समारोह समितिका संयोजक महाप्रसाद सिलवालले शिव मूर्ति निर्माणका निमित्त मात्र १ करोड ५० लाख रुपैयाँको लागत अनुमान गरिएको बताए । उनले सरकारी अनुदान अहिले सम्म प्राप्त नभएको आयोजकको गुनासो छ । प्रतिष्ठान द्वारा लक्षित संरचनाको नक्सांकन सम्पन भइसकेको आयोजकको दावी छ । देवघाटमा सरकारको नाममा रहेको १.४७ हेक्टर जमिन प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ३० फिट अग्लो भगवान शंकरको मूर्ति २ वर्षमा सकिसक्ने अधिकारीको दाबी छ । महायज्ञलाइ सफल बनाउन ५ सय १ सदस्यीय मुल समारोह समिति सहित १९ सदस्यीय सचिवालय समिति र ७ उपसमिति बनाएर तयारि थालिएको छ । महायज्ञको चैत्र २२ गते प्रदेश न ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा वागिश्वरी आध्यात्मिक परिषदका अध्यक्ष शान्तप्रसाद पोखरेल, राष्ट्रिय धर्म सभाका केन्द्रीय सदस्य रामचन्द्र पीया, देवघाट संरक्षण प्रतिष्ठानका महासचिव मदनराज मिश्र, यज्ञ मूल समितिका सचिव रामचन्द्र लम्साल, क्याप्टेन रेशमलाल पौडेल लगायतले मन्तव्य राखेका थिए ।