भरतपुर, १० चैत ।
गण्डकी विकास बैँकको चितवन आसपासका ९ शाखाले गैडाकोट स्थित धार्मिक क्षेत्र मौलाकालिका मन्दिर क्षेत्रमा सरसफाइ गरेका छन् । नारायणगढ, चोरमारा, कावासोती, भेडाबारी, भरतपुर, टाँडी, चनौली, वीरगञ्ज र मुग्लिन शाखामा कार्यरत कर्मचारीको सहभागितामा मन्दिरको फेदीदेखि मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
सो अवसरमा दर्शनार्थीलाई खानेपानी समेत वितरण गरिएको थियो । बैँकका चितवन क्लस्टर प्रमुख सुरज शर्माले सामाजिक उत्तरदायीत्व अन्र्तगत सो कार्यक्रम गरिएको बताए । उनले मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आगामि दिनमा निरन्तर सहयोग गर्दै आउने बताए । सो अवसरमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, गैंडाकोट नगरपालिका– १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए । नारायणगढ शाखाका शाखा प्रबन्धक मुकेश अधिकारीले बैंकले सामाजिक काममा सक्रिय बनेर काम गर्दै आएको बताए ।
गण्डकी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा मुनाफा ३१ करोड १४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । सोहि अवधिमा निक्षेपतर्फ १९ अर्ब ९२ करोड रुपैयाँ , कर्जा तर्फ १७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रय कर्जा अत्यन्तै न्यून रहेको छ । बैकले केन्द्रीय कार्यालय सहित देशभर ५१ वटा शाखा कार्यालय छन् ।