भरतपुर, २५ फागुन ।
लोकप्रिय गायक सुनिल गिरीको ‘यो मन’ एल्मबभित्रको ‘को होला त्यो ३’ म्यूजिक भीडियो सार्वजनिक भएको छ । को होला त्यो र को होला त्यो २ (तिमी आउछौंकी) को सफलता पछि को होला त्यो ३ बजारमा आएको हो । गायक गिरीले आफ्नी मायालुलाइ केही भन्न बाँकी रहेको जनाउँदै डाँडापारीको गाउँको फेरी सम्झना गरेका छन् । उनी प्रेमपूर्ण शब्दले भरिएको म्यूजिकको भिडीयो सार्वजनिक गरेका छन् ।
यो गीतमा पल शाह र क्रिष्टिना थापाले अभिनय गरेका छन् । यो गीतको छायांकन सिक्किममा खिचिएको हो । गीत टेमी टि गार्डेन, लचेन, लचुङ र छाङ्गु तालमा खिचिएको छ ।
अनिल के मानन्धरले निर्देशन र छायाँकन गरेका छन् भने पवन सिम्खडाले सम्पादन गरेका छन् । गीतमा बेनुका राई र टिका गुरुङको अवाज पनि छ । को होला त्यो बोलको पहिलो र दोस्रो संस्करणका गीतले निकै चर्चा पाएका थिए ।