भरतपुर, २३ फागुन ।
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर पटिहानीमा महिला अधिकारबारे अभिमुखिकरण कार्यक्रम भएको छ । महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्थाको सहकार्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आयोजनामा भएको सो कार्यक्रममा महिला अधिकारबारे बहस भएका थिए ।
‘नयाँ संविधान महिलाको अधिकार तथा कार्यान्वयनमा हाम्रो भूमिका’ विषयक सो अभिमुखिकरण कार्यक्रममा करिव २ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद रामलाल महतो, महिला सशक्तिकरण कि अध्यक्ष संगिता भट्टराई, पत्रकार महासंघकि उपाध्यक्ष शान्ता अधिकारी, अखिल नेपाल महिला संविधान( क्रान्तिकारी ) कि केन्द्रीय सदय शर्मिला विक लगायतको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा जिल्ला वार एशोसियसन चितवनका अध्यक्ष गोपिलाल देवकोटा, संगिता भट्टराइले सहजीकरण गरेका थिए । कार्यक्रम वडाध्यक्ष विष्णु चौधरिको अध्यक्षतामा भएको हो ।