धुर्वराज खनाल/कायाकैरन
खैरहनी, २२ फागुन ।
खैरहनी नगरपालिकाको केही वडामा अझै शुद्ध खानेपानीको पहुँच पुगेको छैन । अहिले पनि धेरैले ट्युवेल र बोरिङबाट निकालिएको पानी पिउन बाध्य छन् । नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ मा ट्युवेलकै भर पर्नुपरेको छ भने नगरपालिकाको माथिल्लो बेल्टका केही वडामा सबै जनताले शुद्ध खानेपानी पाएका छैनन् । तर, खैरहनी नगरपालिकाले सबै नगरबासीलार्र्ई शुद्ध खानेपानीको पहुँचमा ल्याउने बोर्ड बैठकबाट निर्णय गरिसकेको छ ।
जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछिको चालु आर्थिक वर्षमा खानेपानीका लागि २५ लाख रुपैयाँ विनियोजन गरी काम भइरहेको छ । खानेपानीको ट्यांकी नभएका ठाउँ र भएकालार्र्ई मर्मत तथा विस्तारका लागि यो वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । चौधरीका अनुसार चारगाउँ खानेपानी आयोजनाका लागि ५ लाख, पर्सा साना शहरी खानेपानीका लागि ४ लाख, कठार खानेपानीका लागि ५ लाख, साविक चैनपुरका लागि तीन ठाउँमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
खैरहनीमा ६ वटा ओभरहेड ट्यांकी र ४ वटा अन्डरग्राउन्ड खानेपानी आयोजना छ । केही आयोजनाबाट पानी वितरणका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ । “अझै पनि धेरै नगरबासीले शुद्ध खानेपानी प्रयोग गर्न पाएका छैनन्”, मेयर चौधरीले भने, “अबको एक वर्षभित्र सबै वडामा र आगामी पाँच वर्षभित्र सबै नगरबासीलार्र्ई शुद्ध खानेपानीको पहुँचमा ल्याउनेछौं ।”
खैरहनीमा रहेको पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मात्रै खैरहनीको ६, ७ र ८ को पूर्णरुपमा तथा ५, ९, ३ मा केही भागमा खानेपानी वितरण गर्दै आएको छ । खैरहनी १, २, ३ र ४ मा ग्रामीण खानेपानी आयोजनाले सेवा दिइरहेको छ । निकुञ्जसँग सिमाना जोडिएको खैरहनी १२ र १३ का जनतालार्र्ई शुद्ध खानेपानीको पहुँचमा ल्याउन पाइप लार्ईन विस्तारको काम भइरहेको पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शेरमान तामाङले जानकारी दिए ।
पर्सा आयोजनाको करिब ९ हजार घरधुरीलार्र्ई पानी वितरण गर्ने क्षमता छ । अहिलेसम्म ३ हजार ५ सय घरधुरीलार्र्ई पानी वितरण गर्दै आएकोमा आगामी आर्थिक वर्षभित्र ३ हजार सय पु¥याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष तामाङले बताए । नगरको १० र ११ मा कठार खानेपानी आयोजनाबाट पानी वितरण गरिदै छ ।
पर्सा खानेपानीमा ७२ लाख मुनाफा
खैरहनी नगरपालिकास्थित पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गत आर्थिक वर्षमा करिब ७२ लाख खुद नाफा गरेको छ । संस्थाको सोमबार आयोजित १४ औं वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा ७२ लाख ११ हजार ८ सय ५२ रुपैयाँ खुद नाफा गरेको हो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष टेकबहादुर थापाले गत आर्थिक वर्षमा १ करोड ७८ लाख ३७ हजार आम्दानी गरेकोमा १ करोड ६ लाख २६ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।
थापाका अनुसार सो संस्थाको स्थायी सम्पत्ती ४ करोड ३५ लाख ५८ हजार छ । खैरहनी नगरपालिकाका मेयर तथा संस्थाका संस्थापक अध्यक्ष लालमणी चौधरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सस्थाका अध्यक्ष शेरमान तामाङले भावी कार्ययोजना तथा सचिव टीकादत्त अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका मेयर चौधरीले सबै नगरबासीलार्र्ई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने बताए ।
संस्थाका अध्यक्ष तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरका प्रमुख शालिकराम पौडेल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, संस्थाका उपाध्यक्ष गणेशप्रसाद बर्तौलालगायत राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले मन्तव्य व्यक्त गरेका थिए ।