भरतपुर ९ फागुन ।
एभरेष्ट मःमः ल्याण्ड भरतपुरले पूर्वी चितवनको पर्सामा आफ्नो शाखा विस्तार गरेको छ । चितवनको बजारमा नौलो प्रकारको झोल अचार सहितको मःमः भित्राएर स्वादका पारखीहरुमाझ परिचित बनेको एभरेष्ट मःमः ल्याण्डले आफ्नो तेस्रो शाखा पूर्वी चितवन पर्साको चौविसकोठीमा विस्तार गरेको हो ।
चितवनका मःमः पारखीहरुमा नौलो स्वादले मन जित्न सफल एभरेष्ट मःम ल्याण्डले ०६९ साल भदौ ५ गतेदेखि बुद्ध मार्केट भरतपुर हाइटमा व्यवसाय सुरु गरेको सञ्चालक समिर श्रेष्ठले बताए ।काठमाण्डौंमा अत्यधिक रुचाइने तिलको चिसो झोल अचार र तातो मःमको स्वाद आफुलाई औधी मन परेपछि नै चितवनमा पनि यसलाई फैलाउने सोचका साथ होटल सञ्चालन गरेको श्रेष्ठको भनाई छ ।सुरुआतमा अन्यौलतामै सञ्चालनमा ल्याइएको नौलो स्वादको मःमः लाई मःमः पारखीले रुचाएपछि एक भित्र नै श्रेष्ठले आफ्नो दोस्रो शाखा नारायणगढ लायन्सचोकमा सञ्चालनमा ल्याएकाहुन् ।
पर्सामा आजबाट सञ्चालनमा आएको एभरेष्ट मःमः ल्याण्डमा करिव ४० लाख लगानी गरीएको सञ्चालक श्रेष्ठले बताए ।३ वटा फ्ल्याटमा पार्टी हल र कटेज सहित शाखा सञ्चालन गरीएको छ ।एभरेष्ट मःमः ल्याण्डको पर्सा शाखामा मःमः सहित नेपाली खाजाका सबै परिकार उपलब्ध रहने श्रेष्ठले बताए । तिन वटा शाखामा गरी ४० जनाले रोजगार पाएको श्रेष्ठले जानकारी दिए ।शाखा विस्तारको शुभअवसर पारेर एभरेष्ट मःमः ल्याण्डले २० प्रतिशत छुटको व्यवस्था गरेको उनले बताए ।