विनोदबाबु रिजाल
चितवन, ८ फागुन ।
विकास रनिङ शिल्ड शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता मंगलबारबाट नारायणगढको क्याम्पाचौरमा सुरु भएको छ । विकास शिल्ड समितिले आयोजना गरेको प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।
उद्घाटनमा बोल्दै दाहालले क्याम्पाचौरमा मिनी स्टडियम बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । दुई ठूला कम्युनिष्ट पार्टी एक भएकाले अब राजनीतिक स्थायित्व र आर्थिक विकाससँगै खेलकुद क्षेत्रको पनि विकास हुने बताए ।
कूल १२ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेल फ्रेण्ड्स क्लब ललितपुरले जितेको छ । फ्रेण्ड्सले प्रतिस्पर्धात्मक खेलमा फ्रेण्डसले विजय युथ हेटौंडालाई १–० गोल अन्तरले पराजित ग¥यो । खेल अवधिभर राम्रो टक्कर दिएको विजय युथले गोल भने गर्न सकेन । फ्रेण्ड्सका लागि पहिलो हाफको २९ औं मिनेटमा जर्सी नम्बर १७ का जोनल ग्लोरीले गोल गरे । म्यान अफ दी म्याच भएका ग्लोरीलाई १० हजार पुरस्कार दिइयो ।
जितसँगै फ्रेण्डस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वार्टरफाइनलमा उसले नेपाल आर्मीको सामना गर्नेछ । आर्मी भने सिधै क्वार्टरफाइनल पुगिसकेको छ ।
प्रतियोगितामा बुधबारको खेल नारायणगढ फुटबल क्लबविरुद्ध एन्फा एकाडेमीबीच हुने प्रचारप्रसार संयोजक मञ्जुल प्रधानले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र दोस्रोले साढे २ लाख पाउनेछन् । त्यस्तै बेस्ट खेलाडीले ५० हजार पाउनेछन् । प्रत्येक म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार पाउने रप्रि–क्वार्टर र क्वार्टरफाइनल जित्ने टिमले म्याच बोनस १० हजार रुपैयाँ पाउने विकास शिल्ड समिति अध्यक्ष श्याम पियाले जानकारी दिए ।