काठमाडौं, ३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट शपथ लिएका हुन्।
नेपालको संविधान २०७२ को धारा ८० अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार बिहानमात्र राष्ट्रपतिले वाम गठबन्धनको तर्फबाट बहुमत प्राप्त भएको पत्र प्राप्त भएपछि संविधानको धारा े ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।