भरतपुर, ३ माघ ।
भरतपुर, ३ फागुन ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुअन्तरगतको फाइनल खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) ले नेपाल सामु २ सय ७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरहरुको आज भने जादू चल्न सकेन । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको युएईका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । दुवैले पहिलो विकेटका लागि १०९ रनको शतकीय साझेदारी गरे ।
कप्तान रोहन मुस्तफा ५१ रन बनाएर आउट भए भने अर्का ओपनर अस्फाक अहमदले १ सय १४ रन बनाए । सन्दीप लामिछानेको बलमा ४३ औँ ओभरमा आउट हुनअघि उनले १२३ बल खेल्दै ३ छक्का र १० चौका हिर्काए ।
त्यस्तै रमीज सहजादले ४१ र साइमान अनवरले ४० ले रन बनाए ।
नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीले १–१ विकेट लिए ।
युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन बनायो ।
यसअघि समूह चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो ।
डिभिजन टुको शीर्ष दुई स्थानमा पक्का गर्दै नेपालले विश्वकप छनौटमा यसअघि नै स्थान बनाइसकेको छ ।