२ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् ।