भरतपुर, २९ माघ ।
प्यासिफिक कलेज चौंथो चितवन च्याम्पियनसिप कप फुटबलको फाइनलमा गैंडाकोट फुटबल क्लब र जू जुगेडी फुटबल क्लब भिड्ने भएका छन् ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा विजयी हुँदै गैंडाकोटले जुगेडीसँगको उपाधि भिडन्त पक्का गरेको हो । जुगेडी मंगलबार नै रामपुरलाई जितेर फाइनलमा पुगिसकेको छ । गैंडाकोटले भरतपुर फुटबल क्लबलाई टाई–ब्रेकरमा ३–२ गोल अन्तरले पराजित ग¥यो ।
विदेशी तथा अनुभवी राष्ट्रिय खेलाडीसहितका दुवै टिमबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि पेनाल्टीमार्फत नतिजा निकालिएको हो । गैंडाकोटका गोलरक्षक अनिष महतोले पेनाल्टीमा उत्कृष्ट २ बचाउ गरेर म्यान अफ दी म्याच बने । उनलाई माओवादी नेता सूर्य सुवेदी र व्यवसायी वाई.बी पौडेलले ट्रफी प्रदान गरे । प्रतियोगिताको फाइनल खेल भोलि बुधबार दिनको २ः०० बजे हुनेछ ।