माघ २९
ईलाका प्रहरी कार्यालय चनौलीको नयाँ भवनको शिलन्यास गरिएको छ । पश्चिम चितवनको चनौलीमा रहेको ईलाका कार्यालयको लागी नयाँ भवन बनाउन लागिएको हो । ३ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक केशरीराज घिमिरेले शिल्यान्स गर्नुभएको हो ।
विशेष कार्याक्रमको आयोजना गरी घिमिरेले शिल्यान्यास गर्दै प्रहरी जनताको सुरक्षाको साथी भएको बताउनुभयो । उहाँले जनताको सुरक्षाको लागी कसैसंग सम्झौता नगर्न प्रहरीलाई निर्देशन दिनुभयो । करिब दुई करोड ६५ लाखको लागतमा सुविधायुक्त भवन निमार्ण गर्न लागिएको हो ।
निमार्ण सम्झौता अनुसार एक वर्षमा निमार्ण सकिने प्रहरीले जनाएको छ । पश्चिम चितवनको सुरक्षामा केन्द्रीत गरेर प्रहरीको सेवालाई प्रभावकारी बनाउन भवन निमार्ण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका वप्रमुख एसपी दिपक थापालृे बताउनुभयो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनताको सुरक्षाका लागी प्रशासन सधै चनाखो भएको बताउनुभयो । आफ्नो सुरक्षाका लागी जनता स्वयम जागरुक बन्नुपर्ने भन्दै प्रशासन , प्रहरी र जनताको समन्वयमा मात्रै सुरक्षा मजबुत हुने बताउनुभयो ।
उक्त कार्यक्रममा एआईजी घिमिररेले जिल्ला प्रहरी कार्यालयका एसपी थापा र ईलाका प्रहरी कार्यालय चनौलीका ईन्चार्ज प्रहरी नायब निरिक्षक भानुभक्त आचार्यलाई सम्मान गर्नुभएको थियो । प्रहरी सेवामा लागेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेको भन्दै सम्मान गर्नुभएको हो ।
कार्यक्रममा भरतपुर महानगर वडा नम्बर १८ का वडाध्यक्ष दिपक लामा , चितवन प्रहरीका डिएसपी शिव शर्मा आचार्य , कल्याण आमा समूहकी अध्यक्ष मन्दीरा पोखरेल लगाएतले बोलेका थिए ।