चितवन, २८ माघ ।
आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुअन्तर्गत नेपाललाई यूएईले ११५ रनको सामान्य लक्ष्य दिएको छ । वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरले यूएईलाई ३१ ओभरमै अलआउट ग¥यो ।
नेपालका सोमपाल कामी र सन्दीप लामिछाने चम्किदा यूएई सामान्य स्कोरमै खुम्चियो । सोमपालले ४ र सन्दीपले ३ विकेट चट्काए । त्यस्तै पारस खड्काले २ र करण केसीले १ विकेट लिए ।
यूएईका साइमन अनवरले सर्वाधिक ३० रन बनाए । उसका दुई खेलाडी शून्य रनमै आउट हुँदा अरु ४ जनाले दुई अंकको स्कोर पनि बनाउन सकेनन् ।
जवाफमा नेपालले केहीबेरमा ब्याटिङ थाल्दैछ ।
पहिलो खेलमा नामिवियालाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानसँग ६ विकेटको हार ब्यहोरेको थियो ।