प्रमिता ढकाल ।
२८ माघ ।
चितवनको बजारमा नयां अवधारणाका व्यवसायहरुले स्थान पाइरेहका बेला महिला उद्यमीहरु पनि आफ्नो नौलो सोचका साथ उद्यम सञ्चालनमा अग्रसर देखिएकाछन् । बदलिदों समाज र व्यक्तिका सौखलाई ध्यानमा राख्दै महिला उद्यमी सुमित्रा पौडेलले सेकेण्ड ह्याण्ड पार्टी वेयर विक्री तथा भाडामा पार्टी वेयर उपलब्ध गराउने गरी व्यवसाय सुरु गरेकी छिन् ।नारायणगढको मिलनरोडमा सुसज्जित कलेक्सन एण्ड माइ बुटिकको शुभारम्भ गर्दै सञ्चालक सुमित्रा पौडेलले फरक अवधारणा सहित सञ्चालनमा ल्याएको व्यवसाय चितवनमा मात्र नभइ नेपालमै पहिलो भएको दावी गरेकीछिन् । साथै बुटिकमा उपभोक्ताले आफ्नो रुची र रोजाई अनुसार नयां कपडा सिलाउन तथा खरिद गर्न सक्ने उनले बताइन् ।पछिल्लो समय पार्टी तथा कुनै औपचारिक कार्यक्रममा लगाइएका पोशाक पुनः दोहा¥याएर लाउनेको संख्या घट्दै गएको पाइन्छ । विशेषगरी महिलाहरुले कुनै समारोहमा लगाएका पोशाक सामाजिक सञ्जालमा पोष्ट गरेपछि हतपत पुनः त्यही कपडा नलगाउने परिपार्टीले कपडा खरिद गर्ने र थुप्रिने समस्या बढ्दै गएको छ । आफुले समेत यही समस्या भोगेपछि यसलाई व्यवस्थापन पनि हुने र व्यवसायका रुपमा समेत अघि लान मिल्ने भन्दै व्यवसायको सोच आएको पौडेलले बताइन् ।उनको पसलमा उपभोक्ताहरुले आफुले प्रयोग गरेका पोशाक सेकेण्ड ह्याण्डमा विक्री समेत गर्न सक्नेछन् ।साथै विशेष अवसर वा फोटो खिचाउनकै लागि भाडामा लैजान सक्ने पौडेलले बताइन् ।सुसज्जित कलेक्सन एण्ड माइ बुटिकको शुभारम्भ गर्दै उद्योग वाणिज्य संघ चितवनकी कार्य समिती सदस्य रजनी मास्केले प्रतिष्पर्धी बजारमा महिला व्यवसायीहरुले फरक अवधारणाका साथ आफ्नो व्यवसाय सुरु गर्नु अत्यन्तै प्रशंसनिय भएको बताइन् ।महिलालाई आत्मनिर्भर बनाउनका लागि व्यवसाय दरिलो माध्यम रहेको समेत उनले बताइन् ।
सुसज्जित कलेक्सन एण्ड माइ बुटिकबाट अन्य थुपैंले समेत आयआर्जन गर्न सक्ने अर्का सञ्चालक मिना अधिकारीको भनाई छ । आफुले प्रयोग गरेका पोशाक सेकेण्ड ह्याण्डमा विक्रि गर्नेलाई आफ्नो पैसा फिर्ता आएजस्तो हुने र नयां डिजाइनर कपडा सिलाई कटाई गर्नेलाई रोजगारको अवसर समेत हुने हुंदा सबै उद्यमी बन्न सक्ने अवसर यस अवधारणमा रहेको उनले बताइन् ।
बुटिकमा फेसन डिजाइनर सम्झना श्रेष्ठले तयार पारेको पोशाकहरु विक्रिी गरिनेछन् ।सुसज्जित कलेक्सन एण्ड माइ बुटिकको आज नेपालकै कान्छी भागवत वाचक उमा महेश्वरीसंगै रामजानकी गार्गी कन्या गुरुकुलका बालिकाहरुले वैदिक मन्त्र उच्चारण गर्दै शुभारम्भ गरीएको हो । सो क्रममा भागवत वाचक उमा महेश्वरीले महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको भन्दै नयां अवधारण सहित सञ्चालनमा आएको व्यवसायको सफलताको कामना गरीन् । २०५२ सालदेखि २०६२ सालसम्म सुसज्जित तयारी पोशाक उद्योग सञ्चालन गरी जिल्लाकै सफल उद्यमीको पुरस्कार समेत जितेकी पौडेल विदेश पलायन भएकीथिइन् । बन्द हड्तालले व्यवसाय धरासयी भएपछि विदेश हानिएकी पौडेल १० वर्ष १० महिना विदेशी भूमिमा कर्म गरी विदेशको बजार समेत अध्ययन गर्दै पुनः व्यवयायमा फर्किएकीहुन् ।हाल उनी सफल साहित्यकारका रुपमा पनि परिचित छिन् ।