२५ माघ ।
विश्वव्यापी संगठन, One Health Nepal चितवन च्याप्टरको वार्षिक साधारणसभा कृषी तथा वन विज्ञान विश्वविद्यालय,रामपुर चितवनमा सम्पन्न भएको छ । यस संस्थाले मानव र पशु स्वास्थ्य दुवैसँग जोडिएका विभिन्न विषयहरुमा निरन्तररुपमा काम गर्दै आएको छ । प्रदिप गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनिस सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । भेटेरिनेरी विज्ञानमा अन्तिम वर्षमा अध्ययन गर्दै रहनुभएकी गरीमा थापाले One Health Concept का बारेमा प्रकाश पार्नुभएको थियो । उक्त भेलाले आगामी कार्यकालका लागी सुमित शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा अजय चौधरी, सचिवमा उत्सव लामीछाने, कोषाध्यक्षमा प्रदिप वर्तौला रहेका छन् ।
त्यसैगरी प्रवक्तामा श्रेया किसी, कम्युनिकेसन अफिसरमा अनिस सापकोटा,फुड सेक्युरिटी संयोजकमा सचिन रेग्मी,
पब्लिक हेल्थ संयोजकमा सुस्मिता बिसाङ्खी,
जुनोसिस संयोजकमा सरोज विस्ट,एनिमल हेल्थ क्याम्प संयोजकमा जनाश्रित श्रेष्ठ लाई जिम्मेवारी दिइएको छ ।
सदस्यहरुमा रक्षा श्रेष्ठ, शोभा सुनार,प्रमिला सुवेदी,सुदिप भट्टराई,दिनेश अर्याल,नविन पौडेल,शिव राज डाँगी,लाल बा. रेग्मी रहेका छन् ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप-प्राध्यापक डा.अनिल तिवारी, उप-प्राध्यापक डा.अन्जनी कुमार मिश्र, ने.वि.संघ केन्द्रिय सदस्य सरोज रेग्मी, ओन हेल्थ पुर्व अध्यक्ष डा. रामचन्द्र आचार्य, पुर्व प्रवक्ता डा.सौरभ श्रेष्ठ , निर्वाचन कमिटीका संयोजक रोसन दाहाल लगायतले बोल्नुभएको थियो।।